साताको चौथो दिन बुधवार सुनको मूल्य भारी मात्रा बढेको छ । आज सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन पनि तोलामा १ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया