Logo

अर्थ

रिभर फल्स पावरको आइपीओ बाँडफाँड आज हुँदै



रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको २७ लाख कित्ता आईपीओको बाँडफाँड आज हुँदैछ । २८ वैशाखदेखि ४ जेठसम्म आवेदन माग गरेको कम्पनीले आज शेयरबाँडफाँड गर्न लागेको हो ।

कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणतर्फ २५ लाख ३८ हजार ९ सय कित्ता शेयरमा आवेदन माग गरेको थियो । जसमा १८ लाख ३८ हजार ४ सय ३१ जना आवेदकले २ अर्ब ११ करोड ३२ लाख ९२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ८ सय २० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

जारी शेयरको तुलनामा आवेदन दिनेको संख्या झण्डै नौ गुणा रहेको छ । यसर्थ १८ लाख आवेदकमध्ये २ लाख ५३ हजार ८ सय ९० जनाले मात्रै कम्पनीको शेयर पाउने छन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार एक सय अंकित उक्त आईपीओ १० कित्ता प्रतिव्यक्तिका दरले २ लाख ५३ हजार ८ सय ९० जनालाई प्रदान गरिनेछ ।

कम्पनीले कुल २७ लाख ३० हजार कित्ता शेयर निष्कासनमा ल्याए पनि सर्वसाधारणलाई भने २५ लाख ३८ हजार ९ सय कित्ता मात्रै उपलब्ध गराएको थियो । योबाहेक ५४ हजार ६ सय कित्ता कर्मचारीका लागि र १ लाख ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार १२:५७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।