Logo

सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु



ललितपुर, ललितपुर महानगरपालिका(२ स्थित बिपि पार्कको साईडमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट  पैदलयात्री नुवाकोट घर भएका ३० वर्षीय टप बहादुर तामाङको घटनास्थलमै सोमबार राति मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी ललितपुर, खुमलटारस्थित सडकमा ना।६ त ४५८२ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा काम गर्ने ललितपुर महानगरपालिका(१० पाटनढोका बस्ने सोलुखुम्बु भुलुङ गाउँपालिका(८ दुधकोशी घर भएका ५५ वर्षीय अर्जुन बिकको सोमबार दिउँसो मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

डडेलधुरा, गन्यापधुरा गाउँपालिका(२ रडुवागजरौलास्थित सडकमा प्रदेश ०१ ००८ प २४५२ नम्बरको मोटरसाइकल सडकबाट ६० मिटर तल खोलामा खसेर सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक डोटी दिपायल सिलगढी नगरपालिका(५ बागठाँटा बस्ने ३२ वर्षीय शंकर भुलको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीया जुनकिरी भुलको सोही अस्पतालमा उपचार भइरहेको  छ ।

 
रामेछाप, दोरम्बा गाउँपालिका(४ सानो शैलुङस्थित सडकमा ना।७ त ८७३ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय  मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको सोमबार घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ट्याक्टर चालक दोरम्बा गाउँपालिका(७ पुडिटार बस्ने २७ वर्षीय पेमा लामा र ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय फुर्वा दोर्जे लाप्साई रहेका छन् । 

दाङ, तुलसीपुर उपमहानगरपालिका(८ गहतेखोलास्थित सडकमा रा।५ प ४७५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक तुलसीपुर उमहानगरपालिका(६ बस्ने २९ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार १४:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।