Logo

खेलकुद

यु–१७ एसियन कपः नेपालको समूहमा थाइल्यान्ड र भियतनाम



काठमाडौँ । एएफसी यु–१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेका छ । एसियाली फुटबल महासंघ (एएफसी)ले मंगलबार सार्वजनिक गरेको समूहमा नेपाल सहित आयोजक भियतनाम, थाइल्याण्ड र चाइनिज ताईपे रहेका छन् ।

समूहको पहिलो खेलमा नेपालले १९ असोजमा थाईलान्डको सामना गर्नेछ । दोस्रो खेल भियतनामविरुद्ध २१ असोजमा हुनेछ ।

यस्तै तेस्रो तथा अन्तिम खेल २३ असोजमा चाइनिज ताईपेविरुद्ध हुनेछ । समूहको शीर्षस्थानमा रहने टोली सिधै छनोट हुनेछ भने दोस्रोमा रहनेले मौका पाउनेछ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १४:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।