Logo

खेलकुद

नवौं राष्ट्रिय खेलकुद सर्‍यो, नयाँ मिति असोज अन्तिम साता



काठमाडौँ । गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएको कार्यक्रमले मिति सरेको जनाएको हो ।

नवौं खेलकुद प्रतियोगिता २२ देखि २८ जेठमा हुने पूर्व निर्धारित तालिका थियो । नयाँ मिति २८ असोजदेखि ३ कार्तिकका लागि तोकिएको छ । युवा तथा खेलकुद मन्त्री गहतराजले वर्षा समय र दशैं तिहार नछेकिने गरि मिति तय गरिएको बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १५:१९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।