बिहीबार सुन र चाँदी दुवै घातुको मूल्य घटेको रहेको छ । बिहीबार सुन प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन पनि तोलमा एक हजार एक सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदी पनि घटेको छ । चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया