Logo

कर्पोरेट फोकस

शुक्रबार सुन र चाँदी दुवै घातुको मूल्यमा भारी गीरावट, कस्तो छ आजको दरभाउ ? 



शुक्रबार सुन र चाँदी दुवै घातुको मूल्य घटेको रहेको छ । शुक्रबार सुन प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ । 

आज छापावाल सुन प्रतितोला ९० हजार आँठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै तेजाबी सुन पनि तोलमा एक हजार दुई सय रुपैयाँले घटेर प्रतितोला ९० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदी पनि घटेको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार ११:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।