Logo

विविध

अभिनेत्री दीया पुनले गरिन सगरमाथाको सफल अरोहण



काठमाडौं । कुशल अभिनेत्रीको रुपमा आफ्नो छवी बनाएकी दीया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । शुक्रबार विहान निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत् अभिनेत्री दीयाले सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

आज विहान निर्मल पूर्जा र दीया पुनसहित २० जनाको आरोही दल ८.८४८.८६ मिटर उचाइको सगरमाथाको सफल आरोहण गरेको हो । अभिनेत्री दीयाले आफ्नै ४२ लाख खर्चमा तीन च्यारिटी उद्देश्यका साथ सगरमाथा आरोहण गरेकी हुन् ।

उक्त च्यारिटीहरुमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस टुगेदर), कोलचेस्टर अस्पताल र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फस्र्ट रहेका छन् । सगरमाथा आरोहण गर्ने अभिनेत्रीहरुमध्ये दीया दोस्रो हुन् ।

यस अगाडि अर्की अभिनेत्री निशा अधिकारीले सगरमाथा आरोहण गरेकी थिइन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार १५:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।