बरिस्ठ हास्य कलाकार हरि बंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी संगै उनको श्रीमति रमिलालाई पनि संक्रमण पुष्टि भएको छ । उनले फेसबुकमा एक स्ट्याटस लेख्दै यो कुराको जानकारी गराएका हुन । उनले आफुहरुमा कोरोनाको सामान्य लक्षण देखिएपछि हिजो सोमबार पिसिआर टेस्ट गराएको लेखेका छन् । टेस्टपछी आज दुबैजनालाई कोरोना संक्रमण भएको रिपोर्ट आएको हो ।
उनले दुबैजनाको स्वास्थ अवस्था सामान्य रहेको भन्दै आफुहरुको सम्पर्कमा आएकाहरुलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन सुझाव दिएका छन् । सबैको माया र आशीर्वादका कारण छिट्टै कोरोना संक्रमणलाई जित्ने बिश्वास लिएका छन् ।
सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ । हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला । यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।
पछिल्लो समय नेपालका केही चर्चित कलाकारहरूलाई समेत कोरोना संक्रमण पुष्टि हुँदै जितिरहेको अवस्था छ । बजार पसल तथा यातायात खुल्दा कोरोनाको संक्रमण यतिबेला बस्तिबस्तिमा पुगेको यथार्थ सबैसामु छ । कोरोनाले उग्ररूप लिदै दैनिक हजारौको दरले संक्रमितहरु फेला परिरहेका छन् । कालाकार हरिबंश आचार्य र उनको श्रीमती रमिलालाई छिट्टै कोरोना जित्ने शुभकामना ब्यक्त गर्न चाहन्छौ ।
प्रतिक्रिया