Logo

कर्पोरेट फोकस

सुन र चाँदी दुवै धातुको मूल्य ओरालाे लाग्ने क्रम जारी



सुन र चाँदी दुवै धातुको मूल्य ओरालो लाग्ने क्रम जारी रहेको छ  । आइतबार सुन प्रतितोला आठ सय रुपैयाँले घटेको छ । 

आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९० हजार  ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै तेजाबी सुन पनि तोलामा आठ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदी पनि घटेको छ । चाँदी प्रतितोला ५० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : ६ असार २०७८, आईतवार ११:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।