Logo

खेलकुद

आईपीएल च्याम्पियले कति पाउँछन् पुरस्कार ?



काठमाडौँ । नवप्रवेशी टिम गुजरात टाइटन्सले डेब्यू वर्षमै इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ।आइतबार अहमदावादमा भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात पहिलो सहभागितामै च्याम्पियन बनेको हो।

यही सिजनदेखि आईपीएलमा प्रतिस्पर्धा गर्न थालेको गुजरात १४ वर्षपछि च्याम्पियन बन्ने राजस्थानको लक्ष्यमा बाधक बन्यो। राजस्थान पछिल्लो पटक सन् २००८ को पहिलो सिजनमा च्याम्पियन बनेको थियो।

आइतबार ७ विकेटको सहज जित निकाल्ने क्रममा राजस्थानले दिएको १३१ रनको सामान्य लक्ष्य गुजरातले ११ बल बाँकी छँदा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन जोडेको थियो।

जितसँगै गुजरातले २० करोड भारू पुरस्कार पाएको छ। उपविजेता राजस्थानले १३ करोड भारू प्राप्त गरेको छ। त्यस्तै, तेस्रो भएको रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) ले ७ करोड भारू पाएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार १०:४२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।