Logo

खेलकुद

प्लानिङ ब्वाइज सी डिभिजन लिगको शीर्षस्थानमा



काठमाडौँ । समाज कल्याण खेलकुद केन्द्रलाई ४-० अन्तरले हराउँदै प्लानिङ ब्वाइज युनाइटेड सोमबार सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा जितसङै समान २८ अंक भए पनि प्लानिङले एक खेल कम खेलेको  झापा एफसीलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा रहेको हो । 

प्लानिङको जितमा फागुराम थारु, प्रताप सिंह र अर्जुन रानाले गोल गरे । समाज कल्याणका विपीन पराजुलीले आत्मघाती गोल गरे । जितसँगै प्लानिङले १२ खेलमा २८ अंक जोडेको छ । समाज कल्याण १५ अंक जोडेर सातौं स्थानमा  छ ।

एक खेल बाँकी रहँदा शीर्षस्थानको प्लानिङलाई दोस्रो डिभिजनमा उक्लन तीन अंकको खाचो छ । यदि अन्तिम खेलको हारले भने आरसी ३२ को सम्भावना उच्च छ । झापाले भने दुई खेलबाट एक अंक हासिल गरे बी डिभिजनमा बढुवा हुनेछ  ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार १२:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।