Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–३)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागका अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजको लागि प्रश्नोत्तर यसप्रकार रहेको छ ।

१.सबैभन्दा बढी फिफा विश्वकप जित्ने राष्ट्र ब्राजिल हो ।

२.स्वीडेनकी किकी ह्याकन्सन पहिलो विश्वसुन्दरी हुन ।

३. विश्वकी पहिलो अश्लिल चलचित्र अभिनेत्री लुइस विल्ली हुन ।

४.चर्चित सामाजिक सञ्जाल फेसबुकको शुरुवात फेब्रुअरी २००४ मा भएको हो ।
५.विश्वको सबैभन्दा ठुलो जनावर निलो व्हेल हो ।

.६.सिएनएन हिरो हुने पहिलो नेपाली अनुराधा कोइराला हुन ।

७.विश्वकी प्रथम महिला प्रधानमन्त्री सिरिमावो बन्दरानाइके हुन् । उनी श्रीलंकाकी प्रधानमन्त्री बनेकी थिइन् ।

८.विश्वको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने महिला पाकिस्तानकी बेनजिर भुट्टो २३ बर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन् ।

९.विश्वको पहिलो महिला अन्तरिक्ष यात्री सोभियत संघकी भ्यालेन्तिना तेरेस्कोभा हुन् ।

१०.नेपालको पहिलो विमान चालक महिला रक्षा राणा हुन् ।

११.सगरमाथा आरोहण गर्ने विश्वको पहिलो महिला जापानकी जुन्को ताबेई हुन् भने नेपालको पहिलो सगरमाथा आरोहि महिला श्रीमती पासाङ ल्हामु शेर्पा हुन् ।

१२.विश्वसुन्दरी प्रतियोगिता आयोजना गर्ने प्रचलन बेलायतबाट सुरू भएको हो ।
१३.नेपालको पहिलो महिला सम्पादक साधना प्रधान र कुमारी कामाक्षादेवी हुन् ।

१४.नायबी शासन चलाउने पहिलो महिला रानी राजेन्द्र लक्ष्मी हुन् ।

१५. रेडियो नेपालकी पहिलो गायिका कोइलीदेवी हुन् भने पहिलो गीत रेकर्ड गराउने महिला मेलवा देवी हुन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार ०६:१०   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।