Logo

प्रमुख समाचार

मोटरसाइकल र स्कुटर लाइसेन्सका लागि लिखित परीक्षाको लागि प्रश्नोत्तर (भाग–२)



सवारी चालक अनुमतिपत्रकुनै सवारी साधन चलाउन अनुमति दिइएको प्रमाणपत्र हो । नेपालमा यसलाई बोलीचालीको भाषामा ’लाइसेन्स’ मात्र पनि भनिन्छ । तर वास्तवमा अनुमतिपत्र भन्नाले कुनै उद्योग, कम्पनी वा संस्था सञ्चालन गर्न वा कुनै पेशा, व्यवसाय वा उद्यम गर्न वा कानुनद्वारा तोकिएको अन्य कार्य गर्न संबन्धित निकायबाट कानुनी प्रक्रिया सम्पन्न गरेर अनुमति लिइएको प्रमाणपत्र हो । नेपालमा हाल यातायात व्यवस्था विभागद्वारा सवारी चालक अनुमतिपत्र दिइने व्यवस्था छ। यस अघि यो जिम्मेवारी नेपाल प्रहरीसँग थियो ।

अब केही दिनभित्रै सवारी चालक अनुमति पत्रका लागि आवेदन खुला हुँदैछ । लाइसेन्सको परीक्षामा धेरैजसो मानिसहरु लिखित परीक्षाबाटै बाहिरिन्छन् । तिनै परीक्षार्थीलाई लक्षित गरी सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा सोधिने सम्भावित प्रश्नलाई यहाँ प्रस्तूत गरिएको छ ।

केही विषयगत प्रश्न र उत्तर यसप्रकार रहेका छन् ।

१. सवारी चालक अनुमतिपत्रमा लेखिएको म्याद नाघेको कति समयभित्र नवीकरण गराएमा जरिवाना नलाग्ने व्यवस्था छ ?
उत्तर : ९० दिनभित्र

२. रातको समयमा दुर्घटना हुनुको मुख्य कारण के हो ?
उत्तर : भिजिबिलिटी कम हुनाले

३. सडकमा गलत साइडबाट सवारी चलाएमा कति जरिवाना लाग्दछ ?
उत्तर : रु. ५०० देखि रु.१५०० सम्म

४. सवारीको नामसारी गर्दा सवारी साधनको चेक जाँच कसले गर्छ ?
उत्तर : यातायात कार्यालयको प्राविधिकले

५. सवारी तथा यातायात व्यवस्था ऐन अनुसार यातायात व्यवस्था समितिमा कति जना सदस्य रहने व्यवस्था गरिएको छ ?
उत्तर : ५ जना

६. मोटरसाइकलको ह्यान्डब्रेक कुन चक्कामा लाग्दछ ?
उत्तर : अगाडिको

७. सवारी चालक अनुमतिपत्रको प्रतिलिपि लिनका लागि कसको सिफारिस अनिवार्य रुपमा पेस गर्नुपर्छ ?
उत्तर : ट्राफिक प्रहरी कार्यालयको

८. निजी सवारीको नम्बर प्लेट कस्तो रंगको हुन्छ ?
उत्तर : रातो रंगको

९. सवारी साधन दायाँ मोड्दा के गर्नुपर्ला ?
उत्तर : दायाँ साइडलाइट दिई मोड्ने

१०. फ्युल मिटरले के देखाउँछ ?
उत्तर : इन्धनको मात्रा

११. विदेशमा दर्ता भएको सवारी नेपालभित्र चलाउनुपरेमा कसबाट स्वीकृति लिनुपर्छ ?
उत्तर : यातायात व्यवस्था कार्यालय प्रमुख

१२. तीव्र गतिमा सवारी चलाएमा के हुन्छ ?
उत्तर : सवारी दुर्घटना हुने सम्भावना हुन्छ

१३. सार्वजनिक सवारीलाई सडकमा चल्ने अनुमतिपत्र दिनुअघि दिइने जाँचपासको प्रमाणपत्र जारी कसले गर्दछ ?
उत्तर : यातायात व्यवस्था कार्यालय

१४. सवारीका लागि निर्धारित गति फेरबदल गर्न सक्ने अधिकार कसको हुन्छ ?
उत्तर : यातायात व्यवस्था विभाग

१५. गाडीको ह्याण्ड ब्रेक कुन चक्कामा लाग्दछ ?
उत्तर : चारै चक्कामा

१६. ट्रलीबस के को सहायताले चल्छ ?
उत्तर : बिजुलीको

१७. टु टी आयलको प्रयोग कुन इन्जिनको गाडीमा हुन्छ ?
उत्तर : टु–स्ट्रोक इन्जिनमा

१८. सवारी साधनको ब्रेकमा कुन आयल हालिन्छ ?
उत्तर : ब्रेक आयल

१९. सवारी चालक अनुमतिपत्रको परीक्षा मर्यादित बनाउने कर्तव्य कसको हो ?
उत्तर : ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, परीक्षार्थी

२०. स्पीडोमिटरले सवारीको के देखाउँछ ?
उत्तर : सवारीको गति

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार १४:३५   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।