Logo

स्वास्थ्य

२४ घण्टामा दुई हजार ४४२ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या बढ्यो 



पछिल्लो २४ घण्टामा दुई हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा एक हजार ४२१ र  चार हजार २४९ एन्टिजेन परीक्षणमा एक हजार २१ जना गरी दुई हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा देशभर कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भएको छ । यसअघि  शनिबार कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको थियो भने शुक्रबार ४० जनाको मृत्यु भएको थियो । 

पछिल्लो २४ घण्टामा थप ३४५६ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा आइतबार ५४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना बिरामी पत्ता लागेका हुन् ।

प्रकाशित मिति : असार ६, २०७८ आईतबार  ४ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।