Logo

खेलकुद

इस्कोले रियल मड्रिड छाड्ने



काठमाडौं । रियल मड्रिडका मिडफिल्डर इस्कोले समरमा क्लब छोड्ने घोषणा गरेका छन् । सन् २०१३ मा मालागाबाट मड्रिड अनुबन्धित भएका इस्कोले क्लबबाट दुई सय ५० खेल खेलेका छन् ।

स्पेनिस मिडफिल्डर इस्कोले रियल मड्रिडबाट पाँच च्याम्पियन्स लिग र तीन ला लिगाको उपाधि जितेका छन् । यद्यपि, पछिल्लो केही सिजनयता भने इस्को रियलको धेरैजसो खेलमा बेन्चमा सीमित बन्दै आएका थिए ।

‘म मेरा सम्पूर्ण सहकर्मी, प्रशिक्षकहरु, स्टाफ, र सम्पूर्ण व्यक्तिहरुमा धन्यवाद व्यक्त गर्न चाहन्छु, जो सान्टियागो बर्नबेउसँग जोडिन्छन् । गूडबाई हाला  मड्रिडका’, इस्कोले भनेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार ०७:०५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।