Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–४)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागका अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजको लागि प्रश्नोत्तर यसप्रकार रहेको छ ।

१.संयुक्त राष्ट्र संघमा ‘एजेण्डा फर डेभलपमेन्ट’को अवधारणा पेस गर्ने महासचिव को हुन् ?
उत्तर – बुत्रोस वुत्रोस घाली

२.“आल्माटा सम्मेलन” केसँग सम्बन्धित छ ?
उत्तर – प्राथमिक स्वास्थ्य हेरचाह

३.दोहोरो भूपरिवेष्ठित राष्ट्रहरू कुनकुन हुन् ?
उत्तर – लिचेष्टाइन र उज्वेकिस्तान

४.शितलेश्वर विमानस्थल कुन जिल्लामा अवस्थित छ ?
उत्तर – लमजुङ

५.१२३ मिटर लामो क्यानभासमा एकै दिन रंग लगाएर विश्व किर्तिमान कायम गर्ने नेपाली कलाकार को हुन् ?
उत्तर – किरण मानन्धर

६.कार्यक्रम बजेटको सुरुवात कहाँबाट भएको हो ?
उत्तर – अमेरिका

७.सबैभन्दा स्थायी ‘इकोसिस्टम’ कुन हो ?
उत्तर – ओसियन

८.नेपाली १३ जनाको ज्यान जाने गरी अफगानिस्तानको काबुलमा आतंककारी हमला कहिले भएको थियो ?
उत्तर – २०७३ असार ६ गते

९.विश्वमा कुन क्रान्तिपछि मध्ययुगको समाप्त भएको मानिन्छ ?
उत्तर – फ्रान्सेली राज्य क्रान्ति

१०.छोरी ज्वाइँले अंश पाउने प्रचलन नेपालको कुन जातिमा छ ?
उत्तर – दुरा जाति

११.एक दिवसीय विश्वकप ओडिआई क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाउने खेलाडी को हुन् ?
उत्तर – भारतका सचिन तेन्दुलकर

१२.पेय पदार्थ कोकाकोलाका आविष्कारक को हुन् ?
उत्तर – जोन एस पेम्वर्टन

१३.प्रख्यात स्मारक ताजमहलका प्रमुख वास्तुकार को हुन् ?
उत्तर – उस्ताद अहमद लाहोरी

१४.अन्तर्राष्ट्रिय आदिवासी दिवस कहिले मनाइन्छ ?
उत्तर – जुन ९

१५.नेपालको पहिलो हुलाक टिकटमा के अंकित थियो ?
उत्तर – गोरखा अधिराज्य

१६.राणाहरूको सान्नानी भनेर कसलाई चिनिन्छ ?
उत्तर – धिरशमशेर

१७.शत्रु देशलाई सहयोग गरी आफ्नो देशलाई हानी गर्ने व्यक्तिलाई के भनिन्छ ?
उत्तर – क्वस्लिङ

१८.नेपालको अन्तरिम शासन विधान २००७ कतिपटक संशोधन भएको थियो ?
उत्तर – ६ पटक

१९.सार्वजनिक निजी साझेदारी ९पिपिपी० अवधारणामा सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरु भएको हो ?
उत्तर – जापान

२०.सफलतापूर्वक पहिलो क्लोनिङको प्रयोग गर्ने वैज्ञानिक को हुन् ?
उत्तर – डा. इयान विल्मट

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार ०६:०३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।