Logo

प्रमुख समाचार

भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता



काठमाडौं । झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान टायरमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ । भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयले बताएकाे छ । 

फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान  ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार ११:४१   :  बजे

2.4K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।