Logo

स्वास्थ्य

नेपालमा ९ जनामा देखियो कोरोनाको ‘एवाई-१’ भेरियन्ट, अन्यभन्दा बढी संक्रामक 



नेपालमा नौ जनामा कोभिड १९ को उत्परिवर्तित भेरियन्ट ‘एवाई-१’ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौजनामा थप उत्परिवर्तन  ‘के ४१७ एन म्युटेसन’  भेटिएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले जिनोमिक पहिचानका लागि जेठ २६ भारत पठाइएका ४८ वटा नमूनामध्ये ९ वटामा यो भेरियन्ट देखिएको हो । 

यो भेरियन्ट हालसम्म  १० वटा भन्दा बढी मुलुकमा फैलिइसकेको मन्त्रालयले जनाएको छ । वैशाख २६ देखि जेठ २० गतेसम्म संकलन गरिएका उक्त नमूनाहरु जिनोमिक पहिचानका लागि भारतको द इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटिभ बायोलोजी ल्याबमा पठाइएको थियो । परीक्षण गरिएका नमूनामध्ये ४७ वटामा डेल्टा र एउटामा अल्फा भेरियन्ट भएको पाइएको थियो । 

डेल्टा भेरियन्ट पहिचान भएकैमध्येबाट ९ वटा नमूनामा थप उत्परिवर्तित भेरियन्ट पुष्टि भएको हो । नेपालमा हालसम्म डेल्टा, अल्फा र कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरु बढी संक्रामक र सबै उमेर समूहमा फैलिने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न तथा स्वास्थ्यप्रति जिम्मेवार हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा अनुरोध गरेको छ । 

Image

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १३:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।