Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–६)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागका अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजको लागि प्रश्नोत्तर यसप्रकार रहेको छ ।

१.नेपालको क्षेत्रफल कति छ ? – १,४७,१८१ वर्ग कि.मि.
२.नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? – ८८५ कि.मि.
३.नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? –१९३ कि.मि.
४.नेपाल कुन महादेशमा अवस्थित छ ? –एशिया
५.नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? – ०.३५
६.नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ? –०.०३५
७.नेपाल कुन देशान्तरमा पर्दछ ? –पूर्वी देशान्तर
८.क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? –डोल्पा
९.क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली
१०.क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो
११.क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर
१२.नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ? –५घण्टा ४५ मिनेट
१३.नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ? –८६ डिग्री १५ देशान्तर रेखालाई
१४.नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ? –गौरीशंकर हिमाल
१५.कुनकुन अञ्चलका ५÷५ वटा जिल्लाहरु रहेकाछन् ? –नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका
१६.नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ? –२०१८ बैशाख १ गते
१७.नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ? –२०२९ साल
१८. ८ वटा जिल्ला हुने अञ्चल कुन हो ? – वाग्मती
१९.६÷६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ? –लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी
२०.महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? –चाँदनी र दोधारा

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार ०५:००   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।