Logo

खेलकुद

बेल्जियममाथि नेदरल्याण्डको गोल वर्षा



काठमाडौं । नेदरल्याण्डले बेल्जियममाथि ४-१ को जीत निकाल्दै यूईएफए नेसन्स लिगमा शानदार सुरुवात गरेको छ । नेदरल्याण्डको जीतमा मेम्फिस डिपाय नायक रहे । उनले दुई गोल गरे ।

पहिलो हाफको अन्त्यमा स्टिभन बर्गविनले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै डिपायले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ६१ औँ मिनेटमा डेन्जेल डम्ब्राइजले तेस्रो गोल गरे ।

लगत्तै डेपायले अर्को गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । इन्जुरी समयमा मिचु बात्सुयेयीले बेल्जियमका लागि सान्त्वना गोल गरे । खेलमा बेल्जियमले रोमेलु लुकाकुलाई घाइते हुँदै गुमाएको थियो । यो समूहमा पोल्याण्ड र वेल्स रहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार ०६:४४   :  बजे

255
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।