Logo

विविध

आजको मौसम : यी चार प्रदेशमा वर्षा



काठमाडौं । स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभावले देशभरको मौसममा बदली भएको छ ।

आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वाअनुमान महाशाखाकाले जनाएको छ । महाशाखाकाअनुसार प्रदेश १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षा भइरहेको छ।

देशको बाँकी भूभागमध्य केही ठाउँमा आंशिक बदली भए पनि अन्य ठाउँमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

भोलि र पर्सि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार ०९:१८   :  बजे

297
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।