काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १६ जना कोरोना संक्रमित थपिएका छन् । दुई हजार १८४ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १६ जनाको नतिजा पोजिटिभ आएको हो । ९५७ नमुनाको पीसीआर परीक्षण गर्दा आठ र एक हजार २२७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा आठजनामा संक्रमण देखिएको हो ।
यही अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ । केही दिनयता कोरोनाका कारण मृत्यु हुनेको संख्या थपिएको छैन ।
पछिल्लो २४ घण्टामा देशभर नौजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार १२८ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ११० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।




















प्रतिक्रिया