Logo

स्वास्थ्य

लसुन काँचै खाएको राम्रो कि पकाएर ?



काठमाडौं । स्वस्थ रहनका लागि स्वस्थ्यकर खानेकुरा आवश्यक हुन्छ । खानेकुरा कसरी खाने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् ।

पोषक तत्त्वको भरपूर फाइदा लिनका लागि केही खानेकुरा काँचै खाँदा अझ धेरै फाइदा हुन्छ । ती मध्येको एक हो लसुन । लसुन औषधिय गुणले भरिएको हुन्छ । आयुर्वेदमा लुसनलाई औषधिको राजा नै मानिन्छ ।

लसुन पकाएर खाए पनि हुन्छ । खाली पेटमा खाए अझ राम्रो हुन्छ ।

लसुनलाई पकाउँदा त्यसमा रहेको एन्टीअक्सिडेन्ट एलिसिन हराउँछ । त्यो तत्त्वले मुटुरोग र अन्य स्वास्थ्य समस्यासँग लड्न सहायता गर्छ ।

लसुन काँचै खाँदा एलिसिन तत्त्व रहिरहन्छ । त्यसैले लसुनलाई पकाएर भन्दा काँचै खाए पनि शरीरलाई फाइदा गर्छ ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार १९:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।