Logo

स्वास्थ्य

थप १३ जनामा कोरोना संक्रमण, ९ जना कोरोनामुक्त



काठमाडौं : पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ७९ पीसीआर परीक्षणका क्रममा ९ जना र १ हजार ५५ एन्टीजेन परीक्षणमा  ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

आइतबार थप ९ जना कोरोनामुक्त भएका छन् ।  योसहित नेपालमा निको हुनेको संख्या ९ लाख ६७ हजार १ सय ३७ पुगेको छ । हाल नेपालमा १ सय १० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आईतवार १६:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।