Logo

खेलकुद

यू–१९ विश्वकप छनोट : भुटानद्वारा नेपाललाई ६७ रनको लक्ष्य



काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा भुटानले नेपाललाई जितका लागि ६७ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनायो ।

भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे वाङ्मोले समान ११ रन बनाए । पेमा याङ्चेनले ९ तथा छाडो ओमले ६ रन जोडिन् । नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले २/२ विकेट लिए ।

नेपाल आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो दुई खेल नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ ।

नेपाल २ खेल २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भुटान भने पहिलो जितको खोजीमा रहेको छ । भुटानले अघिल्ला दुई खेल हारेको थियो । अंक विहीन भुटान पुछारमा रहेको छ । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् । अब नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार १२:४७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।