बुधबार सुन र चाँदी दुवै घातुको मूल्य घटेको छ । बुधबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन पनि तोलमा तीन सय रुपैयाँले घटेर प्रतितोला ९० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी पनि बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया