वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।
नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागका अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।
आजको लागि प्रश्नोत्तर यसप्रकार रहेको छ ।
१. नेपालमा ओलम्पिक सङग्रहालय कहाँ छ ?
उत्तर– त्रिपुरेश्वर (काठमाडौँ)
२. देशभरिका मालपोत कार्यालयमा अनलाइन प्रणाली कहिलेदेखि लागू गरिएको हो ?
उत्तर – वि.सं. २०७८ असार २३
– ६ वर्ष अघि (२०७२ श्रावण २५) मालपोत कार्यालय कलंकीबाट सुरु भएको भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली असार २३ देखि १२६ वटै मालपोत कार्यालयमा लागू भएको । यसअघि ११८ कार्यालयमा सुरु भइसकेकोमा सो दिन वाँकी ८ कार्यालयमा पनि अनलाइन प्रणाली कार्यान्वयन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको ।
– कागजी प्रक्रियामा चल्दै आएको मालपोत कार्यालय अनलाइन प्रणालीमा गएसँगै मालपोत प्रशाासन डिजिटल युगमा प्रदेश गरेको ।
– यो प्रणाली सुरु भएपछि नै सर्वसाधारणले आप्mनो घरजग्गाको विवरण (क्षेत्रफल, सँधियार रोक्का, राजस्व लगायत) मोबाइल एपमै हेर्न सक्ने ।
– देशभरका मालपोत कार्यालयमा लागू गरिएका अनलाइन सेवा प्रणालीबाट अव यस कार्यालयको सेवा छिटो, छरितो, पारदर्शी र विश्वसनीय हुने ।
३. नेपालको कुन हिमाललाई ‘म्याटरहर्न अफ हिमालयज’ उपनामले चिनिन्छ ?
उत्तर – माछापुच्छे्र
४. दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय कहाँ राख्ने निर्णय भएको छ ?
उत्तर – नेपाल
५.. पारवहनका लागि नेपाली रेलले वीरगञ्ज र विराटनगरदेखि कोलकाता÷हर्दियासम्म रेल सेवा दिन सक्ने सम्बन्धी सम्झौतामा कहिले सहमति भएको हो ?
उत्तर– वि.सं. २०७८ असार २५
(नेपाल र भारत वीच संशोधित रेल सेवा सम्झौता अनुसार नेपालबाट तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय निजी क्षेत्रको रेल सेवा समेत उपयोग गर्न सकिने भएको । यस अघि निश्चित कम्पनीबाट सञ्चालित रेल सेवा मात्र ढुवानीका लागि प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब भने धेरै विकल्प खुला भएको ।)
६. नेपालमा अप्टिकल फाइबर विछ्याउने कार्यको सुरुवात कहिले देखि गरिएको हो ?
उत्तर –वि.सं. २०७६ जेठ ६
– ‘डिजिटल पूर्वाधार समृद्धिको आधारः हाम्रो प्रयास सूचना प्रविधिको विस्तार’ नाराका साथ अप्टिकल फाइवर बिछ्याउने कार्य धादिङको गल्छीका साथै सिन्धुलीको खुुर्कोट र धनकुटाको हिलेबाट सुरुवात भएको ।
– अप्टिकल फाइबरमार्फत उच्च गतिको व्यान्डविथ प्रवाह गर्न सकिने ।
७. फाइनान्सियल एक्सन टाक्स फोर्सको पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब मुलुक कुन हो ?
उत्तर – साउदी अरव
८. ‘एक नर्स एक विद्यालय’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?
उत्तर – बाग्मती प्रदेश
९. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
उत्तर – अर्थमन्त्री
१०. गिद्ध प्रजनन केन्द्र कहाँ छ ?
उत्तर – चितवनको कसरा
– चितवन (चितवन राष्ट्रिय निकुञ्ज) को कसरामा सन् २००८ मा सो प्रजनन केन्द्र स्थापना गरिएको ।
– सो केन्द्र स्थापना भएको १४ वर्षको अवधिमा जम्मा १८ ओटा बच्चा कोरलेर हुर्किएका ।
– पछिल्लो तीन वर्षमा गिद्धले कुनै पनि चल्ला कोरल्न नसकेको ।
– कृत्रिम रूपमा गरिएको प्रजननभन्दा प्राकृतिकरूपमा प्रभावकारी देखिएपछि प्रकृतिमै संरक्षणमा जोड दिइएको ।
– प्रकृतिमै गिद्ध धेरै हुन थालेको र प्रजनन केन्द्र पनि प्रभावकारी नभएपछि सो केन्द्र बन्द गर्न लागिएको ।
२०७९ साउनसम्ममा त्यहाँका गिद्ध नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुराँमा लगिने र प्रजनन केन्द्र बन्द गरिने जनाइएको ।
११. संयुक्त राष्ट्रसङ्घ अन्तर्गत जलवायु परिवर्तन सम्वन्धमा आवश्यक नीति निर्माण एवं वैज्ञानिक तथ्यहरूको विश्लेषण गर्ने उद्देश्यका साथ अन्तरदेशीय निकाय (आइपीसीसी) को गठन कहिले गरिएको हो ?
उत्तर – सन् १९८८
१२. संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल पुनः कहिले निर्वाचित भएको हो ?
उत्तर –सन् २०२० अक्टोवर १३
– नेपाल सन् २०२१–२०२३ सम्मको कार्याकालका लागि निर्वाचित भएको ।
– यसअघि नेपाल सन् २०१८–२०२० सम्मको कार्यकालका लागि निर्वाचित भएको ।
– यस परिषद्मा एसिया प्रशान्त क्षेत्रबाट १३, अफ्रिकाबाट १३, पूर्वी युरोपबाट ६, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रबाट ८, पश्चिम युरोप र अन्यबाट ७ राष्ट्र गरी ४७ सदस्य रहने प्रावधान ।
– यस संस्थाको स्थापना सन् २००६ मार्च १५ मा भएको ।
– यसको प्रधान कार्यालय स्वीटजरल्यान्डको जेनेभामा रहेको ।
१३. जलवायु परिवर्तन र विश्वव्यापी द्वन्द्व बढ्दै जाँदा हुने विश्वव्यापी खाद्य सङ्कट रोक्नका लागि उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने स्रोत केलाई मानिएको छ ?
उत्तर – बीउ बैंक
– अनुसन्धानकर्ताहरूले विश्वका हरेक पाँचमध्ये दुई खाद्य प्रजाति लोप हुने जोखिममा रहेको जनाएका ।
– हाल पृथ्वीमा कम्तीमा दुई लाख खाद्य प्रजाति रहेका ।
– राम्रो खालका बीउ बैङ्कहरू कृषिमा जलवायु ङ्ंकटको नकारात्मक प्रभाव कम गर्न महत्वपूर्ण हुने ।
– विश्वमा हाल झण्डै एक हजार सात सय बीउ बैङ्क वा जिन बैङ्क रहेका ।
१४. दार्चुलास्थित त्रिदेशीय सीमा क्षेत्र छाङ्रुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना कहिले गरिएको हो ?
उत्तर – वि.सं. २०७७ वैशाख ३१
१५. आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काइँला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ?
उत्तर – गोपालप्रसाद रिमाल
१६. नेपालमा औद्योगिक गणनाको थालनी कहिलेदेखि भएको हो ?
उत्तर – वि.सं. २०२२





















प्रतिक्रिया