बिहीबार सुन घट्दा चाँदी भने स्थीर रहेको छ । बिहीबार सुन प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन पनि तोलमा दुई सय रुपैयाँले घटेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदी स्थीर रहेको छ । चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया