Logo

कोशी प्रदेश

प्रदेश १ को नामका विषयमा छलफल गर्न एमालेद्वारा ५ सदस्यीय समिति गठन



विराटनगर । प्रदेशको नामका विषयमा छलफल गर्न एमालेले समिति बनाएको छ। केही दिनअघि मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरणका विषयमा एमालेलाई नेतृत्व लिन आग्रह गरेसँगै एमालेले आज समिति बनाएको छ ।

एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकले नामकरण बारेमा छलफल गर्न तात्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की संयोजक रहेको ५ सदस्यीय समिति बनाएको हो।

समितिका सदस्यहरूमा जीवन घिमिरे, जगदीशप्रसाद कुसियैत, उषाकला राई र अर्जुन राईलाई राखिएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

समितिले प्रदेश १ को नामकरण गर्ने बारेमा सत्तामा रहेका दलहरुसँग छलफल गर्ने र निर्णयमा पुग्ने जनाइएको छ। प्रदेश १ ले नाम पाउन नसकेको अवस्थामा प्रदेशको नामकरण हुनुपर्ने चौतर्फी माग उठेपछि एमालेले समिति बनाएको हो।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार १७:४०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।