Logo

स्वास्थ्य

कोरोना अपडेट : थप २४७४ जनामा कोरोना संक्रमण पुष्टि, २५ सय १८ जना कोरोनामुक्त २४ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा १२ हजार २३२ नमूना परीक्षणमा २४ सय ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा ७२ सय ३५ पीसीआर र ४९ सय ९७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा २४ सय ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा २५ सय १८ जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १६:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।