Logo

बैंकिङ

एनआईसी एशियाको जिंगल प्रयोग गरेर टिकटक भिडियो बनाउँदा आकर्षक उपहारहरू जित्ने मौका



एन आई सी एशिया बैंकले टिकटक भिडियो बनाउने मानिसहरुलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । २०७८ आषाढ ६ देखि श्रावण ५ सम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेज (@NICASIABankOfficial) मा बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धनार्थ तयार पारेको ‘MoBankगरौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिनेछ । 

यस प्रतियोगितामा सहभागी भई प्रति भिडियो १५ हजार रुपैयाँ बराबरको आकर्षक उपहारहरू जित्न सक्ने र एक जना सहभागीको एक भन्दा बढी भिडियोहरू छनौट भएमा १५ हजार रुपैयाँका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको व्यवस्था बैंकले गर्नेछ ।

टिकटक भिडियो च्यालेन्जमा सहभागी हुनको लागि निम्नलिखित नियमहरू रहेका छन् :

क. सहभागीले बैंकको आधिकारिक टिकटक पेज (@NICASIABankOfficial) फलो गर्नुपर्नेछ ।

ख. सहभागीले आफुले बनाएको भिडियो आफ्नो टिकटक पेजमा ५ जना साथीहरूलाई Tag एवं  @NICASIABankOfficial, #nicasiabank, #mobankgarau समेत उल्लेख गरेर सार्वजनिक रुपमा शेयर गर्नुपर्नेछ ।

ग. माथि उल्लेखित प्रकृया पूरा गरेपश्चात् अपलोड भएका ६ वटा थिमका भिडियोहरूमध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक/एक वटा भिडियो विजयी हुनेछन् ।

घ. विजेता बन्न योग्य हुनका लागि कुनै पनि भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ ।

ङ. यसरी सहभागीले बनाएका भिडियोहरूलाई बैंकले आफ्नो प्रयोजनको लागि कुनै पनि समयमा प्रयोग गर्न सक्नेछ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १९:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।