काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले एक वर्षभित्रमा चमत्कारी परिर्वतन गर्ने दाबी गरेका छन् । शुक्रबार मन्त्रालयमा कार्यभार ग्रहण गर्दै श्रेष्ठले एक वर्ष भित्रमा सबै नागरिकले खोप पाइसक्ने बताए ।
उनले एक वर्ष भित्रमै कसैले मास्क नलाउनुपर्ने गरी काम गर्ने उनको दावी छ । मन्त्री श्रेष्ठले भाषण गर्ने भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता जनाएका छन् ।
‘अहिले जनताले नो ‘भ्यासिक्न–नो भोट भन्दै आएका छन्। सरकारलाई सबैभन्दा चुनौति नै सम्पूर्ण नागरिकलाई खोप दिनु हो। भाषण गर्दिन। सिधैं काम गरेर देखाउने छु,’ मन्त्री श्रेष्ठले भने।
कोरोनाको तेस्रो लहरको आउन नदिनका लागि रोकथाममा विशेष प्राथमिकता दिने उनको भनाई छ।




















प्रतिक्रिया