Logo

खेलकुद

नेसन्स लिग : जर्मनी हंगेरीसँग बराबरीमा रोकियो



काठमाडौं । जर्मनीले यूईएफए नेसन्स लिग फुटबलमा हंगेरीसँग बराबरी खेलेको छ । समूह ‘सी’ अन्तर्गत शनिबार राति सम्पन्न खेलमा जर्मनीले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको छैटौं मिनेटमा सोल्ट नागीले गोल गर्दै हंगेरीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको नवौं मिनेटमा जोनास होफम्यानले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै जर्मनीले ३ खेलमा ३ अंक जोडेको छ। जर्मनी तेस्रो स्थानमा रहेको छ । हंगेरी ३ खेल ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आईतवार ०७:३४   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।