कलेजोलाई हाम्रो शरीरको केमिकल फ्याक्ट्री मानिन्छ किनभने यसले रगतमा रहेको रसायनिक स्तरलाई कायम राख्न र शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्नमा अहम भूमिका खेल्छ । यो हाम्रो शरीरको सबैभन्दा ठूलो एकल अंग हो ।
जानीजानी मानिसहरु कलेजोको स्वास्थ्यमा ध्यान दिदैनन् र यस्ता धेरै कामहरु गर्छन्, जसका कारण कलेजो बिग्रन थाल्छ । यस्तो अवस्थामा मानिसका ती बानीका बारेमा जान्न जरुरी हुन्छ, जसका कारण कलेजो बिस्तारै खराब हुन थाल्छ ।
कलेजो स्वस्थ राख्न चाहनुहुन्छ भने के खाने र के नखाने भन्ने कुरा जान्न जरुरी रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् । साथै तपाईको कलेजोको लागि कुन खानेकुरा फाइदाजनक छ र कुन कुराले तपाईको कलेजोलाई हानि पुर्याउन सक्छ । मदिराको अत्याधिक सेवन र मोटोपनाका कारण कलेजोसँग सम्बन्धित रोग लाग्ने जोखिम बढ्दै जाने कुरा सबैलाई थाहा छ ।
त्यसैले हामी तपाईलाई केहि यस्ता चिजहरुको बारेमा बताउन गइरहेका छौँ जुन तपाईको कलेजोको लागि निकै खतरनाक साबित हुन सक्छ । यदि तपाइँ आफ्नो कलेजो स्वस्थ राख्न चाहानुहुन्छ भने भुलाएर पनि यी चिजको सेवन गर्नु हुँदैन ।
चिनी
धेरै चिनी दाँतको लागि मात्र हानिकारक छैन, यसले तपाईंको कलेजोलाई पनि हानि पुर्याउँछ । कलेजोले बोसो बनाउन फ्रक्टोज नामक एक प्रकारको चिनी प्रयोग गर्छ । उच्च मात्रामा परिष्कृत चिनी र उच्च फ्रक्टोज कर्न सिरपको सेवनले कलेजो रोगको जोखिम बढाउन सक्छ । केही अध्ययनहरूले पत्ता लगाएका छन् कि चिनीले रक्सीले जस्तै कलेजोलाई क्षति पुर्याउँछ ।
भिटामिन ए को धेरै मात्रा
शरीरलाई धेरै प्रकारका भिटामिनहरू चाहिन्छ, जसमध्ये एक भिटामिन ए हो । शरीरमा भिटामिन ए को कमी ताजा फलफूल र तरकारीले पूरा गर्न सकिन्छ । रातो, सुन्तला र पहेँलो रंगका फलफूल र तरकारीमा भिटामिन ए उच्च मात्रामा पाइन्छ । तर धेरै मानिसहरु भिटामिन ए को सप्लिमेन्ट खान्छन् । भिटामिन ए धेरै खानालेपनी कलेजो रोग निम्त्याउन सक्छ । यस्तो अवस्थामा यदि तपाइँ भिटामिन ए को सप्लिमेन्ट लिन चाहानुहुन्छ भने, एक पटक अवश्य डाक्टरसँग सम्पर्क गर्नुहोस् ।
सेतो पीठो
सेतो पीठोबाट बनेको खानेकुराको सेवनबाट सधैं बच्नुपर्छ । यी प्रायः प्रशोधित हुन्छन् । यसमा भिटामिन, मिनरल्स र फाइबरको मात्रा निकै कम हुन्छ । साथै, यसले शरीरमा रगतमा चिनीको मात्रा पनि बढाउँछ ।
यस्तो अवस्थामा पास्ता, पिज्जा, बिस्कुट, रोटी जस्ता चीजहरूको उपभोग नगर्नु आवश्यक छ। यी सबैमा सेतो पीठो प्रयोग गरिन्छ। यी चिजको सेवन नगर्दा कलेजो पनि स्वस्थ रहन्छ ।
रातो मासु
तपाईको कलेजोलाई प्रोटिनले भरपूर रातो मासु पचाउन निकै गाह्रो हुन्छ । कलेजोको लागि प्रोटिनलाई तोड्न सजिलो नहुने भएकाले, अधिक प्रोटिनको निर्माणले कलेजो सम्बन्धी रोगहरूको जोखिम बढाउन सक्छ । फ्याटी लिभर रोगहरू सहित जसले मस्तिष्क र मृगौलालाई क्षति पुर्याउन सक्छ ।
पेनकिलर
धेरै पटक टाउको दुख्ने वा शरीर दुख्ने बेलामा मानिसहरूले पेनकिलरको प्रयोग गर्छन् । यस्तो अवस्थामा तपाईले कति पेनकिलर सेवन गरिरहनुभएको छ भन्ने जान्न जरुरी छ । यदि तपाईंले गल्तिवश यसको अत्यधिक सेवन गर्नुभयो भने, यसले तपाईंको कलेजोमा नराम्रो प्रभाव पार्न सक्छ । यसले तपाईको कलेजोलाई पनि क्षति पुर्याउन सक्छ । त्यसैले सधैं डाक्टरको सल्लाह लिएर मात्र दुखाइ कम गर्ने औषधि प्रयोग गर्नुहोस् ।


















प्रतिक्रिया