Logo

स्वास्थ्य

२४ घण्टामा थप १५ जनाको कोरोनाबाट मृत्यु, देशभर मृत्यु हुनेको संख्या ५ सय ७८ पुग्यो



 नेपालमा कोरोना संक्रमणको दर डर लाग्नेगरी बढेका बेला पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ७८ पुगेको छ । त्यस्तै आज १४२०९ जनामा पिसिआर परिक्षण गरिएकोमा जनामा कोरोना ३४३९ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित देशभर २५ हजार ७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सहित देशभर ६७ हजार ८६८ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने दर ७२ दशमलव ९ प्रतिशत रहेको छ ।

यसैबिच काठमाडौँ उपत्यकामा १६ सय ८४ जना संक्रमित थपिएका छन् । जसमध्ये आजमात्रै काठमाडौँमा १२९६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै भक्तपुर र ललितपुरमा ९५ र २९३ जनामा संक्रमणको पुष्टि भएको छ ।

प्रकाशित मिति : आश्विन २१, २०७७ बुधबार  ४ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।