सरकारसँग वार्ता गर्नका लागि अनसनरत डा.गोविन्द केसीको तर्फबाट वार्ता टोली बनेको छ । सरकारले बुधबार वार्ता समिति बनाएसँगै विगत २४ दिनदेखि अनसनरत डा.केसीले पनि वार्ता टोली बनाएका हुन् ।
डा.केसीको तर्फबाट डा.जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय टोली गठन गरिएको बताइएको छ । टोलीमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।
त्यस्तै, सरकारले डा.केसीसँग वार्ता गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता समिति बनाइसकेको छ ।
उक्त टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दीलिप शर्मा सदस्य रहेका छन् ।




















प्रतिक्रिया