Logo

राजनीति

प्रेमी भनिएका एकराजकी श्रमती र छोरीमाथि हातपत गरेपछि मन्त्री विमला वली प्रहरी नियन्त्रणमा



काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तुल्सीपुर बसपार्क बाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

आज बिहानै आफ्ना प्रेमी भनिएका एकराज बस्नेतको घरमा घुसेर उनले एकराजकी श्रीमती र छोरीमाथि दुव्र्यवहार गरेकी थिइन् । त्यसपछि विवादले उग्र रुपमा लिन सक्नदे देखिएपछि उनलाई प्रहरीले सुरक्षा दिएर लगेको हो ।

उनलाई अहिले इलाका प्रहरी कार्यालय तुल्सीपुरमा राखिएको छ। घटना हुँदा एकराज घरमा थिइ‍एन्। एकराजकी पत्नी मिनाले आफन्तलाई खबर गरेपछि आफन्तले प्रहरी बोलाएका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलवार ११:१६   :  बजे

5.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।