Logo

प्रवास

वैज्ञानिकको अनुसन्धान : पुरुषको तुलनामा महिलाको मस्तिष्क धेरै तातो, महिनावारी ठूलो कारण



महिलाको दिमाग पुरुषको तुलनामा बढी तातो हुन्छ । रिसको सन्दर्भमा होइन, तापक्रमको हिसाबले। महिलाको मस्तिष्कको तापक्रम पुरुषको तुलनामा आधा डिग्रीसम्म बढी हुन्छ । विशेषगरी दिनको समयमा महिलाको मस्तिष्कको तापक्रम ४०.९ डिग्री सेल्सियससम्म पुग्छ ।

क्याम्ब्रिजको एमआरसी प्रयोगशाला फर मोलेकुलर बायोलोजीको अनुसन्धानले शरीरको बाँकी तापक्रम ३७ डिग्री सेल्सियससम्म हुँदा मस्तिष्कको औसत तापक्रम ३८.५ डिग्री सेल्सियस रहेको देखाएको छ । तर, मस्तिष्कको भित्री भागको तापक्रम ४० डिग्री सेल्सियससम्म हुन सक्छ ।

तापक्रम बढ्नुको कारण महिनावारी

महिनावारीका कारण महिलाको मस्तिष्कको तापक्रम बढी हुने गरेको अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न डाक्टर जोन ओनिलले भने, ‘अनुसन्धानमा सबैभन्दा अचम्मको कुरा यो थियो कि कहिलेकाहीँ मानव मस्तिष्कको तापक्रम निकै बढ्छ । यदि शरीरको तापक्रम यति धेरै बढ्यो भने त्यो ज्वरोको श्रेणीमा आउँछ । यस्तो उच्च तापक्रम टाउकोमा चोट लागेका व्यक्तिहरूमा मात्र मापन गरिएको छ ।

उमेरसँगै मस्तिष्कको तापक्रम पनि बढ्छ

बढ्दो उमेरसँगै मस्तिष्कको तापक्रम पनि बढ्छ । शोधकर्ताहरुका अनुसार उमेर बढ्दै जाँदा मस्तिष्कको शीतलताको क्षमता घट्न थाल्छ । तर, कुनै मानसिक विकारका कारण यस्तो भएको हो कि होइन भन्ने विषयमा अनुसन्धान गर्न आवश्यक छ ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७९ मंगलबार  ३ : ३९ बजे