नेपालमा कोरोना विरुद्ध खोप (कोभिसिल्ड) को अवैध रूपमा खरिदबिक्री भइरहेको पाइएको छ । राष्ट्रिय उपभोक्ता मञ्चले एक विज्ञप्ति निकाल्दै पूवीनाकाहरूबाट काठमाडौं लगायतका सहरी क्षेत्रमा ल्याइ अबैध रुपमा कोभिसिल्ड एक डोजको ५ हजारसम्म बिक्रीवितरण भएको जनाएको छ ।
सरकारी निकायबाटै खोपहरू गायब भएको आश्चर्यजनक समाचारहरु आइरहेको बेलामा केही अनुचित व्यापारिक कृयाकलाप गर्ने, जनस्वास्थ्यमाथि खोलवाड गर्ने भ्रष्ट मनस्थितिका व्यक्तिहरुले यस प्रकारको धन्दा गर्न थालेको मञ्चको आरोप छ ।
“नेपालको पूर्वीनाकाहरूबाट काठमाडौं लगायतका शहरी क्षेत्रमा ल्याइ अवैध रूपले कोभिसिल्ड खोप भन्दै लुकीपछपी ३ देखि ५ हजारसम्म विक्रि वितरण भएको पाइएको छ,” विज्ञप्तीमा लेखिएको छ, “सरकार संयन्त्रबाट नै खोप गायब भएको समाचा र भारतको बंगालमा नक्कली कोभिसिल्ड बजारमा बिक्रि वितरण हुनुले सरकारको सक्रियता र सजकतामा कति देखिन्छ ।”
प्रतिक्रिया