कोरोना संक्रमितहरुको उपचारमा प्रभावकारी देखिएको ‘रेम्डिसिभिर’ औषधिको नेपालमै उत्पादन सुरु भएको छ । कोरोना भाइरस अर्थात कोभिड-१९ को औषधी ‘रेम्डिसिभिर’ लियोफिलिज्ड अब नेपालमा पनि पाइने भएको छ । अमेरिकाद्धारा स्विकृति प्राप्त कोरोना औषधी ‘रेम्डिसिभिर’ (रेम्सिभिर) लियोफिलिज्ड इन्जेक्शन उपलब्धमा आएको हो ।
उक्त कोभिड इन्जेक्शन प्रत्येक सिसिमा ‘रेम्डिसिभिर’ १०० मिलीग्राम लियोफिलिज रहेको छ । यसलाई ३० डिग्रीभन्दा कम सेल्सियसको तापक्रममा भण्डारण गर्नुपर्छ ।
नेशनल हेल्थकेयर प्रा.लि.ले मिति २०७८ वैशाख ३१ अनुमति पाएको र असार १३ गतेदेखि औषधिको मार्केटिङ्ग लाइसेन्स प्राप्त गरिसकेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
नेशनल हेल्थकेयरद्वारा उत्पादित रेम्डिसिभिरको नेपाली ब्रान्ड नाम रेम्सिभिर रहेको छ । यसको अधिक्तम खुद्रा मूल्य रु ३५०० सय रहेको छ । साथै यस ‘रेम्डिसिभिर’ लियोपफिलिज्ड इन्जेक्शन नेशलन हेल्थकेयरको मार्केटिङ डिभिजन ओटिवाबाट नेपालभरि ओटिवा डिभिजनहरुमार्फत उपलब्ध हुने जनाइएको छ ।
प्रतिक्रिया