Logo

प्रमुख समाचार

सहज भएर कसरी सुत्ने ?



दायाँ र वायाँः तपाईं साईड फर्किएर सुत्नु हुन्छ भने ढाडमा त्यति चोट पर्दैन । वाँया फर्केर सुत्दा मुटुको जलनलाई घटाउँछ । तसर्थ यो पोजिसनमा सुत्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, दाँया फर्केर सुत्दा भने मुटुको जलन बढाउँछ । जर्नल अफ क्लिनिकल ग्यास्ट्रोनेस्ट्रोलोजीको अध्ययन अनुसार स्वस्थ वयस्कलाई धेरै चिल्लोयुक्त खानेकुरा खान लगाई एकातिरमात्र फर्किएर सुत्न लगाइएको थियो । दायाँ फर्केर सुत्ने वयस्कहरुको शरिरमा एसिडको मात्रा उच्च देखिएको थियो । गर्भवती महिला पनि देब्रे फर्किएर सुत्दा रगतको प्रवाह निकै राम्रो हुन्छ ।

उत्तानो परेर सुत्नु ः यदि तपाईं यो पोजिसनमा सुत्नुहुन्छ भने तपाईको शरिरको तौल सन्तुलित हुन्छ । तपार्इंमा ढाड र घाँटीको खासै समस्या हँुदैन । घुँडामुनि शिरानी राख्नु भयो भने तपाईको पछाडिको भाग अझ सिधा र स्वस्थ हुन्छ । यदि तपाई घुर्नुहुन्छ भने तपाईं यो पोजिसनमा सुत्न सक्नुहुन्छ ।

दायाँ र वायाँः तपाईं साईड फर्किएर सुत्नु हुन्छ भने ढाडमा त्यति चोट पर्दैन । वाँया फर्केर सुत्दा मुटुको जलनलाई घटाउँछ । तसर्थ यो पोजिसनमा सुत्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, दाँया फर्केर सुत्दा भने मुटुको जलन बढाउँछ । जर्नल अफ क्लिनिकल ग्यास्ट्रोनेस्ट्रोलोजीको अध्ययन अनुसार स्वस्थ वयस्कलाई धेरै चिल्लोयुक्त खानेकुरा खान लगाई एकातिरमात्र फर्किएर सुत्न लगाइएको थियो । दायाँ फर्केर सुत्ने वयस्कहरुको शरिरमा एसिडको मात्रा उच्च देखिएको थियो । गर्भवती महिला पनि देब्रे फर्किएर सुत्दा रगतको प्रवाह निकै राम्रो हुन्छ ।

उत्तानो परेर सुत्नुः यदि तपाईं यो पोजिसनमा सुत्नुहुन्छ भने तपाईको शरिरको तौल सन्तुलित हुन्छ । तपाईको ढाड र घाँटीको खासै समस्या हँुदैन । घुँडामुनि शिरानी राख्नु भयो भने तपाईको पछाडिको भाग अझ सिधा र स्वस्थ हुन्छ । यदि तपाई घुर्नुहुन्छ भने तपाईं यो पोजिसनमा सुत्न सक्नुहुन्छ ।

घोप्टो परेर सुत्नुः घोप्टो परेर सुत्दा तपाईलाई आनन्द त मिल्ला तर यो पोजिसनले ढाड र घाँटीलाई समस्यामा पार्न सक्छ । यो पोजिसनमा सुतेर रातभरी घाँटी र टाउको फर्काएर सुत्न सक्नुहुन्छ तर घाँटी र ढाडमा भने पीडा हुन्छ । तसर्थ बेडमा सुत्न जानुभन्दा अगाडि कुन पोजिसनमा सुत्ने भनेर सोच्नुहोस् सुताईको पोजिसनले पनि पार्टनरसँगको सम्बन्धलाई संकेत गर्छ । केही पोजिसन ९आसन० र तिनिहरुको सम्बन्धमा प्रभाव

एउटाको ढाडातर्फ फर्केर अर्को सुत्नेः यो सुताई अन्तर्गत जोडी एउटै दिशतार्फ फर्किएको हुन्छ तर एकजना अर्कोको ढाडतर्फ फर्केका हुन्छन् । यो पोजिसनले जोडी गतिशिल छ भन्ने दर्शाउँछ । एक अर्कामा विश्वास र समझधारीको संकेत गर्ने यो पोजिसन सबैभन्दा उपर्युक्त मानिन्छ । त्यसो त यौनका दृष्टिले अतृप्त पार्टनर यो पोजिसनमा सुत्ने सेक्स विज्ञ ट्रेसी कोक्स बताउँछन् ।

लखेट्नेः यो सुताईमा दुबै जना पार्टनर एउटै दिशातर्फ फर्किएका हुन्छन् । एउटा पार्टनरका हात बेड र शिरानीमा हुन्छन् भने अर्काको कम्मरमाथि हल्का अँगालो मारेको अवस्थमा हुन्छ । झट्ट हेर्दा एकले अर्कोलाई लखेटेको जस्तो देखिन्छ । यस पोजिसनले पार्टनर मध्ये एकले अर्कोलाई जीवनभर दुःख दिइरहेको संकेत गर्छ ।

विपरित शिरानीमा सुत्नुः यो सुताई निकै खतरानक अवस्थाको लक्षण हो । दुबैजना एकअर्कालाई पैताला फर्काएर उल्टो सुत्ने गर्छन् । निकै दुर्लभ मानिने यो पोजिसनले जोडिको सम्बन्ध सुमधुर छैन भन्ने संकेत गर्छ । यो पोजिसनमा सुत्ने प्राय सबैको सम्बन्ध बिच्छेद हुनेगर्छ । यसबाहेक जोडीबीच बैमनेश्यता, बादबिबाद र यौन असन्तुष्टि तथा अविश्वासको संकेत गर्छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार २०:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।