Logo

कर्पोरेट फोकस

फोनपेको ‘रिफर एण्ड अर्न’ अफर योजना, एक लाखसम्म जित्न सकिने 



फोन पे पेमेन्ट सर्विस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । जसमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ । 

साथै दैनिक सबैभन्दा बढि रिफर गर्नेले एकहजार रूपैयाँप्राप्त गर्न सकिन्छ । यस योजनामा २०७८ अषाढ ३१ गतेसम्म सबैभन्दा बढि रिफर गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्न सकिन्छ । 

यस योजनाको बम्पर उपहारमा तीनजनाभन्दा बढिलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत १ लाख रुपैयाँ जित्न सक्छन् । अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरि लगइनगर्नेहरू मध्ये एक जनाले आइफोन १२ जित्न सकिन्छ ।

फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरि विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैयाँजित्न सकिनेछ । फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिन्छ । फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामानहरू पनि किन्न सकिन्छ । 

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथावित्तीय संस्था आवद्ध छन् भने ३ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत  यसले सेवाप्रदानगर्दै आएको छ । 

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार १६:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।