Logo

स्वास्थ्य

लकडाउन खुकुलो गर्ने भनेकै दिन काठमाडौंमा बढे संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा आइतबारको तुलनामा सोमबार कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१४ जनामा संक्रमण पुष्टि भएको छ । 

आइतबार ४२४ जनामा मात्रै संक्रमण पुष्टि भएको थियो । 

आज काठमाडौंमा ३५५, ललितपुरमा ११२ र भक्तपुरमा ४७ जनामा कोरोना देखिएको छ । 

आइतबार काठमाडौंमा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जनामा कोरोना पुष्टि भएको थियो । 

योसँगै सक्रिय संक्रमितको संख्या काठमाडौंमा चार हजार ४५३, ललितपुरमा दुई हजार २०६ र भक्तपुरमा एक हजार ७३८ पुगेको छ ।

प्रकाशित मिति : असार १४, २०७८ सोमबार  ४ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।