Logo

स्वास्थ्य

टेकुको निर्देशकमा डा. अनुप बास्तोला



काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन् ।

अस्पतालमा प्रमुख कन्सल्ट्यान्ट रहेका बास्तोला सोमबार अस्पतालको निर्देशकमा नियुक्त भएका हुन् । मन्त्रिस्तरीय निर्णयअनुसार सोमबार डा. बास्तोलालाई निर्देशकमा नियुक्त गरिएको हो ।

११औं तहका डा. बास्तोला यसअघि अस्पतालका प्रमुख कन्सल्टेन्टका रुपमा कार्यरत थिए । बास्तोलाले सोमबारबाट कार्यभार सम्हालेका छन् । यसअघि उनी अस्पतालको प्रवक्ता थिए ।

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले उमेर हदका कारण हालैमात्र अवकाश पाएका थिए । 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार १८:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।