Logo

स्वास्थ्य

शुल्क लिएर खोप लगाउने भन्दै ठगी गरेमा उजुरी गर्न मन्त्रालयको आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसैले शुल्क मागेर कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भन्दै ठगी गरेका उजुरी गर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै कसैले शुल्क लिएर खोप लगाईदिने भन्दै ठगेमा तुरुन्तै स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गर्न आग्रह गरेको हो ।

सरकारले कोरोना विरुद्धको खोप नि:शुल्क वितरण गरिरहेको जानकारी गराउँदै उमेर समुह तथा अत्यावश्यक क्षेत्र अनुसारले पालै पालो खोपको वितरण हुँदै आइरहेको समेत स्पष्ट पारेको छ ।

आफ्नो पालो कुरेर सरकारले दिएको नि:शुल्क लिन र पैसा तिरेर किन्ने हतारमा ठगीको शिकार नबन्न मन्त्रालयले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : असार १४, २०७८ सोमबार  ७ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।