योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको लगायतका बिषयमा असहमती जनाउदै माछापुच्छ्रे बैंक का कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
सामाजिक सुरक्षा कोष विवादित नै रहेको छ । देशमा बाहुल्यता रहेको बैंक तथा वित्तिय संस्थाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुन मानेका छैनन् ।
सामाजिक सुरक्षा कोषले वाणिज्य बैंकहरुको छाता संस्था बैंकर्स संघलाई पटक पटक दवाव दिँदै आएको छ । कोषका विभिन्न बुँदाहरु संशोधन गरेरै कोषले संघलाई दवाव दिइरहेको छ । संघलाई कोषले दिएको पछिल्लो दवावपछि वित्तीय क्षेत्रमा आबद्ध संघसंस्थाको छाता संस्था नेपाल वित्तीय संस्था कर्मचारी संघले एक विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने बताएको थियो ।
यसअघिका विभिन्न दवावमा बैंकर्स संघले औपचारिक रुपमै असहमति राखेपछि कोषले विभिन्न चरणमा कार्यविधि संशोधन गरेको थियो । संशोधित कार्यविधिले आफ्नो माग पूरा ग¥यो वा गरेन भनेर अध्ययन गर्ने भन्दै संघले समय लम्ब्याइरहेको कोषका अधिकारीहरुले आरोप लगाइरहेका थिए ।
सामाजिक सुरक्षा कोषमा आगामी असारसम्म आबद्ध हुनुपर्ने बाध्यता छ । यसअघि पनि समय सीमा तोकिएको थियो । बैंकर्सले असहमति राखेपछि समय सीमा सर्दै आएको छ ।
कोषमा दर्ता हुँदा ३५ प्रतिशतसम्म र कोषबाट लिने बेलामा थप १५ गरी ५१ प्रतिशतसम्म कर तिर्नुपरेको गुनासो बैंकरको थियो । यस्तो दोहोरो करलाई हटाउन संघले माग गरेको थियो । यो विषय पनि कोषले सम्बोधन गरिसकेको छ । यसबाहेक ५० वर्षमा अवकाश भएका कर्मचारीले ६० वर्षपछि मात्र पेन्सन पाउने व्यवस्था व्यवहारिक नभएको बैंकरको गुनासोपछि यो पनि संशोधन भएको छ ।






















प्रतिक्रिया