Logo

अर्थ

प्रधानमन्त्री देउवाको प्रतिबद्धता : गेटा मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने ऐन छिट्टै ल्याइन्छ



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज (प्रस्तावित)लाई प्रतिष्ठान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। गेटा मेडिकल कलेज सञ्चालनका लागि पछिल्लो समय दबाब बढेको बताउँदै प्रधानमन्त्री देउवाले त्यसलाई प्रतिष्ठानको रुपमा विकास गरिने बताए।

गृहप्रदेश सुदूरपश्चिमको भ्रमणमा रहेका देउवाले शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनकि भवनको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन छिट्टै ऐन ल्याइने जानकारी दिए।

‘गेटालाई स्वास्थ्य प्रतिष्ठान बनाइनुपर्छ। मलाई खुसी के लाग्यो भने डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने कुरा आएपछि गेटा मेडिकल कलेज सञ्चालन हुनुपर्छ भनेर दबाब बढेको छ’, देउवाले भने।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम क्रमिक रुपमा विकासको गतिमा अघि बढिरहेको बताए। आफू सानो छँदा पहाड (डडेलधुरा)बाट ३ दिन लगाएर धनगढी पुगेको स्मरण गर्दै उनले अहिले पहाडका सबै मुकामहरुमा बाटो पुगेको चर्चा गरे।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार ११:२४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।