Logo

समाचार

थप २३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १ हजार २ सय ५४ पिसिआर परीक्षणका क्रममा १८ जना र ७ सय ७३ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोभिडको संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको ज्यान गएको छैन । त्यस्तै नेपालमा १२ संक्रमित कोभिड मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय जना निको भएका छन् । आज थपिएकासँगै नेपालमा १ सय १० सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आईतवार १८:५०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।