Logo

स्वास्थ्य

के हो एमआईएस-सी ? बालबालिका किन जोखिममा ?



कोरोना भाइरसको महामारीका कारण विश्व आक्रान्त बनेको छ । अहिले कोरोना भाइरसको दोस्रो लहर चलिरहेको छ । कोरोना भाइरसको दोस्रो लहर आएसँगै नयाँ–नयाँ भेरियन्ट देखा परिरहेका छन् ।

यतिबेला अल्फा, डेल्टालगायत नयाँ भाइरसका थुप्रै प्रजाति फेला परिरहेका हुन् । केहीमा त कोरोना भाइरस संक्रमणपछि ब्ल्याक फंगसको संक्रमणसमेत देखिन थालेको छ । कोरोना भाइरसको तेस्रो लहर पनि आउने र तेस्रो लहर झनै जोखिम हुने विज्ञहरु बताउँदै आएका छन् ।

अहिले नेपालका विभिन्‍न अस्पतालमा ‘मल्टि सिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन एमआइएस-सी’ भएर अस्पताल ल्याइने बालबालिकाको संख्या बढ्न थालेको अस्पतालहरुले जनाएका छन् । कान्ति बाल अस्पतालमा हालसम्म ४५ जना बालबालिकामा एमआइएस-सी देखिएको अस्पतालले जनाएको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका भाइरोलोजिस्ट शेरबहादुर पुनले अनलाइनपानासँग भने, “एमआइस-सी भनेको मल्टि सिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन यो एउटा भाइरस हो । यसको मुख्य जोखिममा बालबालिका पर्ने हुँदा योबाट जोगिन र सचेत रहन आवश्यक भएको जनाइएको छ । 

यो भाइरस बालबालिकाको लागि निकै जोखिम हुने र समयमै उपचार नभए मृत्युसम्म हुने जोखिम रहने पुन बताउँछन् । डा. पुनका अनुसार कोरोना भाइरस पोजेटिभ भइसकेका बालबालिकाहरू र कोरोना निको भइसकेको दुईदेखि चार हप्तासम्म पनि यसको संक्रमण देखिने गर्छ । स्वास्थ्य बालबालिकामा भने यसले खासै असर गर्दैन ।

पुनका अनुसार एमआइस–सी भएका बालबालिकामा पेट दुख्ने, पखाला र बान्ता हुने एवम् शरीरमा डाबर देखिने, ओठ सुन्निने र जिब्रो सुन्निने स्वास फेर्न गाह्रो हुने तथा बच्चाहरूले पिसाब कम फेर्ने जस्ता लक्षण देखिने गरेका छन् । कोरोना भाइरससँग लड्नका लागि बालबालिकाको शरीरले गर्ने प्रतिक्रियाका कारण एमआइएस–सी हुने उनले बताए ।

एमआईससीबाट बच्ने उपाय भनेको नै कोरोना संक्रमण हुन नदिनु हो । कोरोनाबाट बच्नको लागि इमिन्युटी पावर बढाउने खाने कुरा खाने, स्वास्थ्य सुरक्षाको मापदण्ड, अपनाउने सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने गर्नाले कोरोनाबाट बच्न सकिन्छ। यदि कोरोना भाइरसबाट बच्न सकियो भने एमआइस–सीबाट जोखिम कम हुन्छ । 

पुनले बालबालिकालाई १०० डिग्री भन्दा बढी ज्वरो आएमा, आँखा रातो भएमा र जीउमा डाबर देखा परेमा तत्कालै अस्पताल जान चिकित्सकहरूको सुझाव छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार १०:४४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।